माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एमबीएल इक्विटी फण्डमा आवेदन दिने समय लम्बिएको छ। अब यो फण्डमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ।
एमबीएल सामूहिक लगानी कोषअन्तर्गत १ अर्ब २० करोड रुपैयाँको बन्दमुखी योजनामा प्रतिइकाई १० रुपैयाँ मूल्यका १२ करोड इकाई बिक्री खुला गरिएको हो।जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंकका लागि, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि, र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ।
१२ वर्ष अवधिको यो फण्डमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। यस म्युचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।









![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया