कृषि विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
कृषि विकास बैंक लिमिटेडले शाखा प्रमुखदेखि लेखपालसम्मका पदहरूमा कुल ११८ जना कर्मचारी माग गरेको छ।
बैंकले विभिन्न पदहरूमा निम्न संख्यामा जनशक्ति माग गरेको छ: शाखा प्रमुख १ जना, व्यवसाय अधिकृत ४८ जना, व्यवस्थापन सूचना प्रणाली (MIS) अधिकृत ३ जना, कानून अधिकृत १ जना, कम्प्युटर अधिकृत १ जना, कर्जा अधिकृत ५ जना, लेखपाल पदका लागि मधेश प्रदेशमा ३५ जना, बागमती प्रदेशमा १५ जना, र लुम्बिनी प्रदेशमा ९ जना।
योग्यता पूरा गरेका इच्छुक उम्मेदवारहरूले आवेदन वैशाख ११ गतेसम्म दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर वैशाख १८ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।