नेपाल टेलिकमले आफ्ना पोल प्रयोग गर्ने केबुल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरुलाई आधिकारिक सम्झौता गर्न आग्रह गरेको छ। बुधबार जारी सूचनामा टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौंले पोल गणनाका लागि सम्बन्धित सेवा प्रदायकहरुलाई अनिवार्य रूपमा चैत १० गतेभित्र सम्पर्क गर्न निर्देशन दिएको छ।
टेलिकमले कुनै सम्झौता वा भाडा भुक्तानी नगरी पोल प्रयोग गरिएका तारहरु हटाइने चेतावनी समेत दिएको छ। अबदेखि केबुल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरुले नेपाल टेलिकमका पोल प्रयोग गर्न आधिकारिक सम्झौता गर्नुपर्ने, अन्यथा तारहरू हटाइन सक्ने सूचनामा उल्लेख गरिएको छ।
साथै, टेलिकमले आफ्नो पोलहरू प्रयोग गरिरहेका सबै सेवा प्रदायकहरूलाई गणनाका लागि कम्पनीको नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। सम्झौता विना पोल प्रयोग गरिएमा कुनै पनि बेला तारहरू हटाइन सक्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सेवा प्रदायकले लिनुपर्ने स्पष्ट गरिएको छ।












![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)







प्रतिकृया