सूर्योदय वोमी लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी

सूर्योदय वोमी लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी
Advertisement Ads

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीका विभिन्न चार पदका लागि कुल ४२ जना कर्मचारी माग गरेको छ।

कम्पनीले सहायक द्वितीय पदका लागि ३० जना, सहायक प्रथमका लागि १ जना, वरिष्ठ सहायक (शाखा प्रमुख)का लागि १० जना र सुपरभाइजर (शाखा प्रमुख)का लागि १ जना कर्मचारी माग गरेको हो।

आवेदकको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाका लागि उमेर सीमा ४० वर्षसम्म रहनेछ। तोकिएको योग्यता पूरा भएका र मोटरसाइकल वा स्कुटरको लाइसेन्स भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले कात्तिक २१ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन फाराम कम्पनीको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ र तोकिएको इमेल ठेगानामा पठाउनुपर्नेछ।

परीक्षा लिखित, अन्तर्वार्ता वा दुवै माध्यमबाट हुनेछ। पारिश्रमिक र अन्य सुविधा कम्पनीको नियमअनुसार हुनेछ।

Advertisement Ads

job suryodaya https://bajarkochirfar.com/suryodaya-bomi-laghubitta-seeks-large-number-of-employees | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स