सूर्यज्योति लाइफको नाफा ११ प्रतिशतले बढ्यो, कारण यस्तो

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
सूर्यज्योति लाइफको नाफा ११ प्रतिशतले बढ्यो, कारण यस्तो
Advertisement Ads

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ११ प्रतिशतले बढेर १२ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

कुल आम्दानीमा वृद्धि तथा बीमाशुल्क आम्दानीमा सुधार आएको कारण कम्पनीको नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १८.७४ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको जीवन बीमाकोषको आकार २१.६० प्रतिशतले बढेर ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म बीमाकोषको आकार ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

Advertisement Ads

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२.२७ प्रतिशतले बढेर ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १२.१६ प्रतिशतले बढेर ३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष कुल आम्दानी ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ र कुल खर्च ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ थियो।

५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब ४ करोड १९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २० पैसाबाट बढेर ९ रुपैयाँ ७८ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा र मूल्य–आम्दानी अनुपात ४५.६९ गुणा रहेको छ।

SJLIC https://bajarkochirfar.com/suryajyoti-lifes-profit-increased-by-11-percent-the-reason-is-this | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स