insta insta

वृद्धभत्ता ७० वर्षपछि मात्र दिने र पाँच वर्षसम्म भत्ता नबढाउन सुझाव

वृद्धभत्ता ७० वर्षपछि मात्र दिने र पाँच वर्षसम्म भत्ता नबढाउन सुझाव
Advertisement Ads

अबदेखि वृद्धभत्ता ७० वर्ष पुगेपछि मात्र दिने व्यवस्था गर्न उच्चस्तरीय आर्थिक सुझाव आयोगले सरकारलाई सिफारिस गरेको छ। साथै, आयोगले आगामी पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता नबढाउन पनि सुझाव दिएको छ।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको प्रतिवेदनमा आयोगले सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन रूपमा दिगो बनाउने उद्देश्यले यस्तो सिफारिस गरेको हो। साथै प्रतिवेदनमा भत्ता पाउने उमेर ६८ बाट बढाएर ७० वर्ष बनाइनु पर्ने, र अबदेखि मूल्यवृद्धिको आधारमा प्रत्येक दुई वर्षमा मात्र भत्ता समायोजन गर्नुपर्ने उल्लेख गरिएको छ।

सामाजिक सुरक्षा ऐन २०७५ संशोधन गरी यस्तो व्यवस्था मिलाउनुपर्ने आयोगको भनाइ छ। साथै, ऐनमा उल्लेख नभएका अन्य भत्ताहरू बजेट भाषणमार्फत घोषणा नगर्न पनि आयोगले सुझाव दिएको छ।

आयोगले २०८१ कात्तिकदेखि अध्ययन सुरु गरेको थियो ।

download 10 https://bajarkochirfar.com/suggestion-to-provide-old-age-allowance-only-after-70-years-of-age-and-not-increase-allowance-for-five-years | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स