बत्ती नबाली आईपीओ ल्याउन नदिन उच्चस्तरीय आर्थिक आयोगको सुझाव

बत्ती नबाली आईपीओ ल्याउन नदिन उच्चस्तरीय आर्थिक आयोगको सुझाव

अब उत्पादन सुरु नगरी जलविद्युत कम्पनीहरूले आईपीओ निष्काशन गर्न नपाउने सम्भावना छ।

उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत कम्पनीको आईपीओ प्रक्रियामा कडाइ गर्न सिफारिस गर्दै, ‘बत्ती नबाली’ अर्थात् उत्पादन थालनी नगरी प्राथमिक सेयर निष्काशन गर्न नदिने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको आयोगको प्रतिवेदनमा , “जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र आईपीओ निष्काशन गर्न पाउने व्यवस्था मिलाउनुपर्छ।” उल्लेख छ।

यस्तो व्यवस्था गरेमा लगानीकर्ताको जोखिम घट्ने र हित सुरक्षित हुने आयोगको ठहर छ।

हालको थुप्रै जलविद्युत कम्पनीहरूले आयोजना निर्माणको प्रारम्भिक चरणमै आईपीओ ल्याउने गरेका छन्, जसले सर्वसाधारण लगानीकर्ताको पैसा लामो समय जोखिममा पार्ने अवस्था सिर्जना भएको छ।

download 11 https://bajarkochirfar.com/high-level-economic-commission-suggests-not-to-bring-in-ipos-without-lighting-the-lamp | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स