भारतको राजधानी दिल्लीमा सोमबार बिहान ५:३६ बजे भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ।
आजतकका अनुसार, भूकम्पको केन्द्रविन्दु जमिनबाट मात्र ५ किलोमिटर गहिराइमा रहेको थियो, जसका कारण घरहरू धेरैनै हल्लिएका थिए। भूकम्पको मापन ४ रिक्टर स्केल गरिएको छ।
धक्कापछि आत्तिएका स्थानीय बासिन्दा घरबाहिर सडकमा निस्किएका थिए। हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।
















प्रतिकृया