बिहानै इन्डोनेसियामा शक्तिशाली भूकम्प

बिहानै इन्डोनेसियामा शक्तिशाली भूकम्प
Advertisement Ads

इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा जलभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको हो। १५ किलोमिटर गहिराइमा गएको भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा रहेको थियो।

भूकम्पपछि बीएमकेजीले पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गाराका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो। सम्भावित सुनामीका छाल ०.५ मिटरदेखि ३ मिटरसम्म उचाइका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो।

भूकम्पपछि नागेकेओसहित आसपासका क्षेत्रका सयौँ मानिस सुरक्षित स्थानतर्फ गएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार केही भवनमा क्षति पुगेको छ भने परकम्पसमेत महसुस गरिएको थियो।

पछिल्लो विवरणअनुसार भूकम्पमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्। घर तथा अन्य भवनमा समेत क्षति पुगेको बताइएको छ। समुद्रको सतहमा ठूलो परिवर्तन नदेखिएपछि प्रारम्भमा जारी गरिएको सुनामी चेतावनी भने पछि हटाइएको छ।

फ्लोरेस क्षेत्र भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ। सन् १९९२ मा यही क्षेत्रमा ७.७ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीमा ठूलो जनधनको क्षति भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स