कोलम्बियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार बिहान ७:३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो।
ठूलो संख्यामा मानिस भग्नावशेषमा फसेको आशंका गरिएकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक १०३ किलोमिटर गहिराइमा रहेको थियो। पेरेइरा, काली, मानिजालेस, क्विब्दो र मेडेलिनलगायत क्षेत्र प्रभावित भएका छन्।
पेरेइरामा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको र ६५ भवन भत्किएको जनाइएको छ। कालीमा ३२ भवनमा क्षति पुगेको छ भने देशभर १,५०० भन्दा बढी घर प्रभावित भएका छन्।
सरकारले राष्ट्रिय विपद्को अवस्था घोषणा गर्दै उद्धार तथा राहतका लागि विशेष अधिकार प्रयोग गर्न अनुमति दिएको छ। उद्धार कार्य जारी रहेकाले क्षतिको विवरण थप बढ्न सक्ने बताइएको छ।
प्रतिकृया