सिप्रदी ट्रेडिङले जनकपुरमा टाटाका तीन नयाँ गाडी सार्वजनिक गर्यो, मूल्य २७ लाखबाट सुरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
सिप्रदी ट्रेडिङले जनकपुरमा टाटाका तीन नयाँ गाडी सार्वजनिक गर्यो, मूल्य २७ लाखबाट सुरु

सिप्रदी ट्रेडिङले जनकपुरधाममा तीन नयाँ टाटा गाडी— कर्भ ईभी, नेक्सन के ३ ईभी, र टाटा सफारी सार्वजनिक गरेको छ। गिरिजा अटोमोबाइल्समा आयोजित कार्यक्रममा सिप्रदीका बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापतीले नयाँ गाडी लन्च गर्न पाउँदा उत्साहित भएको बताए।

टाटाका ईभी गाडीहरू २७ लाख ४९ हजारदेखि ५६ लाख ९९ हजार रुपैयाँसम्म उपलब्ध छन्। इन्ट्री-लेभल ग्राहकका लागि टियागो ईभी, बजेटमै एसयूभी चाहनेका लागि पन्च ईभी, र लामो यात्रा गर्नेका लागि नेक्सन के ३ ईभी उपयुक्त हुने सिजापतीले जानकारी दिए।

भारतका चार्जिङ्ग स्टेशनहरूको फाइदा लिन चाहने यात्रुहरूका लागि कर्भ ईभी टप भेरिएन्ट उपयुक्त हुने बताइयो। गिरिजा अटोमोबाइल्सका संचालक गुड्डु जैनले जनकपुरमा उच्च रेञ्ज भएका ईभी गाडीको अभाव पूर्ति भएको बताए।

कार्यक्रममा टाटा मोटर्स नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान र मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको उपस्थितिमा सम्पन्न भयो। टाटाका यी नयाँ गाडीहरूको रिजनल लन्च अब वीरगंजमा हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स