सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास १४ करोड २८ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा उल्लेख्य बढेको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनी ४२ लाख २८ हजार रुपैयाँ नोक्सानीमा थियो ।
विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै कम्पनी पनि नाफामा पुगेको हो। चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ४३ करोड ६७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५३.८२ प्रतिशत बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १७ करोड २० लाख रुपैयाँ थियो।कम्पनीको संचालन आम्दानी पनि १६ करोड ८६ लाख रुपैयाँबाट बढेर ४२ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधार आएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ९ रुपैयाँ ८५ पैसा पुगेको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.९५ गुणा रहको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया