शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको सञ्चालन आम्दानी र नाफा दुबैमा गिरावट देखिएको छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६१.७७ प्रतिशतले घटेर ५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्ष यस अवधिमा कम्पनीले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो।
तर यस वर्ष सञ्चालन आम्दानी घटेपछि मुनाफामा तीव्र गिरावट आएको हो। पुस मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी ११.८८ प्रतिशतले घटेर ३ अर्ब १० करोड १६ लाख रुपैयाँमा सिमी भएको छ। गत वर्ष यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ थियो। यता, कम्पनीको कुल नाफा पनि २०.६३ प्रतिशतले घटेको छ।
सञ्चालन आम्दानी र नाफामा आएको गिरावटका कारण कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३ रुपैयाँ ८३ पैसा घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा छ।
हाल शिवम् सिमेन्ट्सको चुक्ता पूँजी ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ। सेयर प्रिमियमतर्फ कम्पनीसँग ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ।



















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)

प्रतिकृया