शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को दशौँ वार्षिक साधारण सभा बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न भएको छ।
सभाले सामान्य तथा विशेष दुवै प्रकारका सबै प्रस्तावहरू पारित गर्दै सेयरधनीलाई १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ, जसअन्तर्गत २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्। कम्पनीले प्रस्तुत गरेको लाभांश प्रस्तावलाई आर्थिक स्थायित्व तथा सेयरधनीप्रति देखाएको प्रतिबद्धताको रूपमा व्याख्या गरिएको छ।
साधारण सभाले पारित गरेको बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापुँजी बढेर ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ पुग्नेछ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया