शिवम् सिमेन्ट्सले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

शिवम् सिमेन्ट्सले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
Advertisement Ads

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्न स्वीकृति दिएको थियो।

Dividend Live Update: सूचीकृत कम्पनीहरूको लाभांश सिजन सुरु

त्यसै बैठकले मंसिर २५ गते बिहान साढे १० बजे साधारण सभा बोलाउने निर्णय पनि गरेको छ। साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, मंसिर १० गतेसम्म नेप्सेमा कारोबारमा रहेका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisement Ads

SHIVM https://bajarkochirfar.com/shivam-cements-announces-dividend-when-will-the-book-close | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स