शार्क ट्यांक नेपाल आजदेखि प्रसारण हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १८ गते
शार्क ट्यांक नेपाल आजदेखि प्रसारण हुने
AdvertisementAds

अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय रहेको ‘शार्क ट्यांक नेपाल’ कार्यक्रम आजदेखि  प्रसारण हुने भएको छ। उद्यमशीलता र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यो कार्यक्रम आज असार १८ गते (जुलाई २, २०२५) बाट हिमालय टिभी एचडीमा प्रसारण हुँदैछ। कार्यक्रम हरेक बुधबार र बिहीबार राति ९ बजे नियमित रूपमा प्रसारण हुनेछ।

‘शार्क ट्यांक नेपाल’ मा नेपाली स्टार्टअप तथा उद्यमीहरूले आफ्ना व्यापारिक योजना प्रस्तुत गर्नेछन्, जसमा अनुभवी लगानीकर्ता ‘शार्क’हरूले उत्कृष्ट योजना रोजेर त्यसमा लगानी गर्नेछन्।

यस सिजनमा जम्मा २० वटा एपिसोड रहनेछन्। हरेक एपिसोडमा ५ जना उद्यमीले आफ्ना व्यवसाय तथा स्टार्टअप आइडिया प्रस्तुत गरेका छन्। यसरी कुल १०० उद्यमीहरूले पिच गरेको आइडिया, शार्कको प्रतिक्रिया तथा उनीहरूले गरेका लगानी कार्यक्रममार्फत देख्न पाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स