खराब कर्जा बढेपनि सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय प्रदर्शन सशक्त
सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६१.१९ प्रतिशतले बढेर ४३ करोड ४२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी १.३१ प्रतिशतले घटेर १ अर्ब ४२ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ८.७९ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ। खराब कर्जा अनुपात १.१३ प्रतिशत बिन्दुले बढेर ४.९७ प्रतिशत पुगेको छ।
इम्पेयरमेन्ट चार्ज ४० करोड रुपैयाँबाट घटेर २५ करोड ५६ लाख रुपैयाँमा आएको छ।
यो पनि पढ्नुहोस्: लुम्बिनी विकास बैंकको नाफा ३४ करोडबाट घटेर ४ करोडमा, किन भयो यस्तो गिरावट? | BAJARKO CHIRFAR
समीक्षा अवधिमा बैंकले ५ अर्ब ४७.९० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २४ करोड २ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ८१ पैसाले बढेर १६ रुपैयाँ २८ पैसा भएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १५२.५६ रुपैयाँ रहेको छ।