लुम्बिनी विकास बैंकको नाफा ३४ करोडबाट घटेर ४ करोडमा, किन भयो यस्तो गिरावट?



Advertisement
Ads

लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८५.४५ प्रतिशतले घटेर ४ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ५.८३ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६७ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ८.३८ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ९८ लाख रुपैयाँमा पुगेको छ।


Advertisement

इम्पेयरमेन्ट चार्ज १९ करोड ६८ लाख रुपैयाँबाट बढेर ९४ करोड ८९ लाख रुपैयाँमा आएको छ।

यो पनि पढ्नुहोस्: कामना सेवा विकास बैंकको नाफामा सुधार, खराब कर्जा बढ्यो | BAJARKO CHIRFAR

खुद ब्याज आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढ्दा नाफा घटेको हो। यता खराब कर्जा अनुपात ३.४९ प्रतिशतबिन्दुले बढेर ७.१८ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले ५ अर्ब ६२ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७२ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ५ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ८१ करोड २८ लाख रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ १४ पैसाले घटेर १ रुपैयाँ ८३ पैसामा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ २४ पैसा रहेको छ।

Q3 LBBL https://bajarkochirfar.com/lumbini-bikas-banks-profit-dropped-from-rs-340-million-to-rs-40-million-why-did-this-decline-occur | %tags

यो पनि पढ्नुहोस्:विकास बैंकहरुको राजा बनेको गरिमा विकास बैंकको कस्तो छ वित्तीय अवस्था ? | BAJARKO CHIRFAR

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर