कामना सेवा विकास बैंकको नाफामा सुधार, खराब कर्जा बढ्यो

कामना सेवा विकास बैंकको नाफामा सुधार, खराब कर्जा बढ्यो
Advertisement Ads

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४८.८३ प्रतिशतले बढेर ४९ करोड ३२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी १४.१४ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ४३ लाख रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी १२.४४ प्रतिशतले बढेर १ अर्ब ९६ करोड १७ लाख रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज ३४ करोड ६५ लाख रुपैयाँबाट घटेर ३१ करोड ७२ लाख रुपैयाँमा आएको छ। खराब कर्जा अनुपात ०.७२ प्रतिशतबिन्दुले बढेर ४.२७ प्रतिशत पुगेको छ।

यो पनि पढ्नुहोस्: मुक्तिनाथ विकास बैंकको खराब कर्जा बढ्यो, वितरणयोग्य नाफामा उछाल | BAJARKO CHIRFAR

 

समीक्षा अवधिमा बैंकले ६ अर्ब १८ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको भने वितरणयोग्य नाफा ४९ करोड ९८ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।

Advertisement Ads

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ २६ पैसाले बढेर १८ रुपैयाँ ७३ पैसामा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

KSBBBL https://bajarkochirfar.com/kamana-sewa-bikas-banks-profit-improves-bad-loans-increase | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स