insta insta

मुक्तिनाथ विकास बैंकको खराब कर्जा बढ्यो, वितरणयोग्य नाफामा उछाल

मुक्तिनाथ विकास बैंकको खराब कर्जा बढ्यो, वितरणयोग्य नाफामा उछाल
Advertisement Ads

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १६.८६ प्रतिशतले घटेर ७२ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ४.९७ प्रतिशतले बढेर ३ अर्ब २८ करोड ५९ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ६.६२ प्रतिशतले घटेर ३ अर्ब ७५ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ।

इम्पेयरमेन्ट चार्ज ७२ करोड ९२ लाख रुपैयाँबाट बढेर १ अर्ब २३ करोड ३८ लाख रुपैयाँमा पुगेको छ। खराब कर्जा अनुपात २.१२ प्रतिशतबिन्दुले बढेर ४.१४ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले ११ अर्ब ३३ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ६० करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ६१ करोड ९५ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ७९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसामा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ३ पैसा रहेको छ।

DEV BANK Q3 Highlights 1 https://bajarkochirfar.com/muktinath-bikas-banks-bad-loans-increase | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स