विकास बैंकहरुको राजा बनेको गरिमा विकास बैंकको कस्तो छ वित्तीय अवस्था ?

विकास बैंकहरुको राजा बनेको गरिमा विकास बैंकको कस्तो छ वित्तीय अवस्था ?
Advertisement Ads

गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७.३२ प्रतिशतले बढेर ७३ करोड ३४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ६.०४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ७.५२ प्रतिशतले बढेर ३ अर्ब ७ करोड रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज ४२.८९ करोड रुपैयाँबाट बढेर ७१.६० करोड रुपैयाँमा आएको छ। खराब कर्जा अनुपात १.८१ प्रतिशतबिन्दुले बढेर ४.७८ प्रतिशत पुगेको छ।

यो पनि पढ्नुहोस्: विकास बैंकहरुको राजा बनेको गरिमा विकास बैंकको कस्तो छ वित्तीय अवस्था ? | BAJARKO CHIRFAR

समीक्षा अवधिमा बैंकले ८ अर्ब ५७.८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ९०.५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३५. करोड ०५ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ १८ पैसाले बढेर १७ रुपैयाँ २२ पैसामा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा रहेको छ।

Advertisement Ads

Q3 GBBL https://bajarkochirfar.com/what-is-the-financial-condition-of-garima-development-bank-the-king-of-development-banks | %tags

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स