उपाध्यक्ष पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी तयार भएको शाहीको आरोप

उपाध्यक्ष पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी तयार भएको शाहीको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्र संसद् खोल्न तयार हुनुको कारण उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डर भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत शाहीले लेखेका छन्, “माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी तयार भएको देखिन्छ।”

उनका अनुसार गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट, भिजिट भिसाको आडमा गृहमन्त्रीलाई जोगाउने प्रयास, तथा अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई नपक्रने सरकारको तयारी माओवादीको पछिल्लो राजनीतिक व्यवहारसँग जोडिएको छ।

शाहीले गृहमन्त्रीको राजीनामा मागबाट माओवादी पछाडि हट्नु पनि शक्ति र सत्ताको प्रभावशाली स्वरूपको उदाहरण भएको उल्लेख गरेका छन्। साथै, उनले यस्तो अवस्थाको अन्त्यका लागि ‘व्यवस्था नै सुधार गर्नुपर्ने’ आवश्यकता रहेको धारणा व्यक्त गरेका छन्।

Screenshot 2025 06 05 132436 https://bajarkochirfar.com/shahi-alleges-that-maoists-are-ready-to-open-parliament-for-fear-of-arrest-of-the-vice-president | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स