सानिमा जीआईसी इन्स्योरेन्सले लाभांश र हकप्रद प्रस्तावसहित बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
सानिमा जीआईसी इन्स्योरेन्सले लाभांश र हकप्रद प्रस्तावसहित बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आगामी चैत २१ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभामा ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ। हकप्रद निष्काशनपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ।

अन्य एजेन्डाहरूमा सञ्चालक समितिको बैठक भत्ता संशोधन, गत आर्थिक वर्षका वित्तीय विवरण पारित गर्ने, र चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समावेश छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत ७ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स