सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज वैशाख २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख २३ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले जेठ ६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ, जहाँ लाभांशसहित विभिन्न प्रस्तावहरू पेश गरिनेछन्। आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया