लाभांश पारित गर्दै सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ६ गते
लाभांश पारित गर्दै सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा काठमाडौंस्थित नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा सम्पन्न भएको छ।

सभाले कम्पनीको हाल कायम २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ५६ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरेको छ। साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि पारित गरिएको छ।

त्यसैगरी, यसअघि पारित १७ प्रतिशत हकप्रद सेयरसम्बन्धी व्यवस्था र त्यसबाट कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्न तथा बोनस सेयर जारीपश्चात प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख २३ गते एक दिन बुक क्लोज गरेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स