सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनी अस्विन कार्की को नाममा रहेको ७ हजार ७३२ कित्ता सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संघसंस्थाहरूले पनि आवेदन दिन सक्नेछन्।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १५० रुपैयाँ तोकेको छ। इच्छुक आवेदकहरूले सो वा सोभन्दा बढी मूल्य प्रस्ताव गर्दै बोलपत्र पेश गर्न सक्नेछन्। आवेदनका लागि न्यूनतम १ हजार कित्ता तोकिएको छ।
इच्छुक आवेदकहरूले चैत ११ गतेदेखि चैत १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र सानिमा क्यापिटल लिमिटेड को नक्सालस्थित कार्यालय, काठमाडौं मा बुझाउन सकिने कम्पनीले जनाएको छ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया