लाभांश पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ११ गते
लाभांश पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकले सभा जेठ ६ गते बुधबार बिहान ११ बजे काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। प्रस्तावअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ५६ लाख ५७ हजार ८९५ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्नेछ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्ने एजेन्डा पनि रहेको छ। साथै आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभामा प्रस्तुत गरिनेछ।

यसका अतिरिक्त, अघिल्लो साधारण सभाबाट पारित १७ प्रतिशत हकप्रद सेयरसम्बन्धी व्यवस्थापन तथा त्यसपछि कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिनेछ।

साधारण सभामा सहभागी हुन कम्पनीले वैशाख २३ गते एक दिनका लागि बूक क्लोज गर्ने जनाएको छ। सो मितिभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई सिडिएस एण्ड क्लियरिङ लिमिटेड मार्फत राफसाफ सम्पन्न भई सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेड मा नाम दर्ता भएका सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन पाउनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स