instainsta

खर्च बढेपछि घट्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २८ गते
खर्च बढेपछि घट्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा
AdvertisementAds

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा १२.५३ प्रतिशतले घटेर ४० करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चौथो त्रैमाससम्ममा सलिकोको खुद बीमाशुल्क आर्जन २२.८६ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने कुल आम्दानी १२.५० प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँमा पुगेको छ। यता कम्पनीको खर्च १७.४७ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। खर्च बढेको कारण नाफा घटेको हो।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ९३ लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको छ।

अघिल्लो वर्ष कम्पनीको बीमाकोषको आकार ६ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा गत वर्ष ४.१३ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७ पैसा घटेर १५ रुपैयाँ ३७ पैसा मा आएको छ भने प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ १२ पैसा कायम भएको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स