नेपाल बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ।
प्राधिकरणले २०८३ वैशाख १५ गतेको निर्णयअनुसार बीमा ऐन, २०७९ तथा प्राधिकरणका निर्देशनहरू पालना नगरेको भन्दै दुवै संस्थालाई आर्थिक जरिवाना गर्ने निर्णय गरेको जनाएको छ।
प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सम्पत्ति बीमामा तोकिएको बीमाशुल्कमा छुट तथा सहुलियत दिएको पाइएकाले दुई लाख रुपैयाँ जरिवाना गरिएको हो। कम्पनीले निर्देशनविपरीत बीमाशुल्कमा डिस्काउन्ट दिएको प्राधिकरणको निष्कर्ष छ।
यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका तथा स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।


प्रतिकृया