दुइ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँट भएको छ । एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले जारी गरेका हकप्रद सेयर आइतबार (माघ ६ गते) र सोमबार (माघ ७ गते)बाँडफाँट भएका छन्। बाँडफाँटपछि बिक्री नभएका सेयरहरू अब लिलामीमार्फत बिक्री गरिनेछ।
एनएलजी इन्स्योरेन्स: एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। एनएलजीले मंसिर ११ देखि पुस १६ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले ९६ लाख ३१ हजार २२६.२२ कित्ता सेयर जारी गर्दा ९३ लाख १० हजार ६८७ कित्ताका लागि मात्र आवेदन परेको छ। यस आधारमा ३ लाख २० हजार ५३३.२२ कित्ता सेयर बिक्री हुन सकेन। बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमार्फत बिक्री गर्नेछ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी): एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। एलआईसीले मंसिर १२ देखि पुस १७ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता सेयर जारी गर्दा २ करोड २९ लाख ७५ हजार ४२३ कित्ताका लागि मात्र आवेदन परेको छ। यस अनुसार ४ लाख ९२ हजार ५७७ कित्ता सेयर बिक्री हुन सकेन। बाँकी सेयर पनि लिलामीमार्फत बिक्री गरिनेछ।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)




![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया