दुई इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँट, बिक्री नभएको सेयर अब लिलामी मार्फत बिक्री गरिने



Advertisement
Ads

दुइ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँट भएको छ । एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले जारी गरेका हकप्रद सेयर आइतबार (माघ ६ गते) र सोमबार (माघ ७ गते)बाँडफाँट भएका छन्। बाँडफाँटपछि बिक्री नभएका सेयरहरू अब लिलामीमार्फत बिक्री गरिनेछ।


Advertisement

एनएलजी इन्स्योरेन्स: एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। एनएलजीले मंसिर ११ देखि पुस १६ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले ९६ लाख ३१ हजार २२६.२२ कित्ता सेयर जारी गर्दा ९३ लाख १० हजार ६८७ कित्ताका लागि मात्र आवेदन परेको छ। यस आधारमा ३ लाख २० हजार ५३३.२२ कित्ता सेयर बिक्री हुन सकेन। बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमार्फत बिक्री गर्नेछ।


Advertisement

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी): एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। एलआईसीले मंसिर १२ देखि पुस १७ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता सेयर जारी गर्दा २ करोड २९ लाख ७५ हजार ४२३ कित्ताका लागि मात्र आवेदन परेको छ। यस अनुसार ४ लाख ९२ हजार ५७७ कित्ता सेयर बिक्री हुन सकेन। बाँकी सेयर पनि लिलामीमार्फत बिक्री गरिनेछ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर