insta insta

रिज लाइन इनर्जीले तिला जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने

रिज लाइन इनर्जीले तिला जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने
Advertisement Ads

रिज लाइन इनर्जी लिमिटेडले तिला–१ जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले एसपी पावर प्रा.लिद्वारा प्रवर्द्धित कालिकोट जिल्लास्थित तिला नदीमा निर्माणाधीन ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार हकप्रद सेयर निष्काशनबाट संकलन हुने रकममार्फत एसपी पावर प्रा.लिको जगेडा सेयरमा उक्त लगानी गरिनेछ।

यसैगरी, सोही बैठकले रिज लाइन इनर्जीको स्वामित्वमा रहेको ललितपुर–१, कुपण्डोलस्थित काङ हाइड्रोपावर कम्पनी लिमिटेडको अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख कित्ता सेयर एनएमबी बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाडौंमा रोक्का राख्ने निर्णय पनि गरेको छ।

उक्त सेयर खरिद–बिक्री वा हस्तान्तरण गर्न नमिल्ने गरी रोक्का राख्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

Screenshot 20 7 2026 121718 www.nepalstock.com https://bajarkochirfar.com/ridge-line-energy-to-invest-rs-200-million-in-tila-hydropower-project | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स