instainsta

उच्च अदालतको आदेशपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी गर्ने बाटो खुल्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २६ गते
उच्च अदालतको आदेशपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी गर्ने बाटो खुल्यो
AdvertisementAds

पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ निष्काशन रोक्न नपर्ने आदेश दिएपछि कम्पनीले प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। गत वर्ष असार २६ गते अर्थमन्त्रालयबाट नेपाल धितोपत्र बोर्डको अध्यक्षता गरेका नरेन्द्रकुमार रानाले कम्पनीको आइपिओ तत्कालका लागि रोक्न निर्देशन दिएका थिए। सो निर्णयविरुद्ध कम्पनीले बैशाख ११ मा पाटन उच्च अदालतमा रिट दायर गरेको थियो। अदालतले सो आदेशलाई कानुनसम्मत नदेखिएको भन्दै अन्तरिम आदेशमार्फत रोक्का पत्र कार्यान्वयन नगर्न भनेको हो।

रिलायन्सले २०८१  असार १२ मा बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न स्वीकृति पाएको थियो। कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्तालाई सेयर निष्काशन गरिसकेको छ र दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँ दरमा आईपीओ जारी गर्ने तयारी गर्दैछ। कम्पनीले करिब ११ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न अनुमति पाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स