रिलायन्स फाइनान्स लिमिटेडले गोरखा जिल्ला आरुघाट बजारबाट धादिङ जिल्ला धादिङबेसीमा स्थानान्तरण गरिएको शाखा कार्यालयको उद्घाटन गरेको छ। उद्घाटन कार्यक्रममा रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले शाखा उद्घाटन गरेका हुन्।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजतपत्र मिति २०६६/०८/१० मा प्राप्त गरी २०६६/०८/१८ देखि संचालनमा आएको संस्थाले का.म.न.पा. १, कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालयसहित मुख्य शाखा सञ्चालन गर्दै आएको छ।
संस्थाले हाल न्यूरोड, सितापाइला (काठमाडौं), ईमाडोल (ललितपुर), नारायणघाट (चितवन), महेन्द्रपुल (पोखरा), बेशीशहर (लमजुङ्ग), बनेपा (काभ्रेपलाञ्चोक), धादिङबेसी (धादिङ), चारआली (झापा), गोरखा बजार (गोरखा), भैरहवा, मणीग्राम, बुटवल (रुपन्देही), धनगढी (कैलाली), महेन्द्रनगर (कन्चनपुर), कोहलपुर (बाँके), अत्तरिया (कैलाली), दमक, बिर्तामोड, धुलाबारी (झापा), र टाँडी (चितवन) गरी जम्मा २२ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।
संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ ग्राहकहरूलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न प्रकारका कर्जा र निक्षेप योजना उपलब्ध गराउँदै आकर्षक व्याजदरमा निक्षेप संकलन गर्दै आएको छ।



प्रतिकृया