रिलायन्स फाइनान्सको साधारणसभा आज बस्दै, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २८ गते
रिलायन्स फाइनान्सको साधारणसभा आज बस्दै, केके छन् प्रस्तावहरु ?

रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा आज गौशालास्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुँदैछ। कम्पनीले यस वर्ष पनि लाभांश नदिने भएको छ।

साधारणसभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव प्रस्तुत गरिनेछ। आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको रिपोर्ट पारित गरि चालू वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ।

सभामा भाग लिन जेठ १३ गतेसम्म नेप्सेमा कायम सेयरधनी हुनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स