रिलायन्स फाइनान्समा जागिर खुल्यो, कसरी दिने आवेदन ?

रिलायन्स फाइनान्समा जागिर खुल्यो, कसरी दिने आवेदन ?

रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय कमलादी, काठमाडौंका लागि दुई पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले चिफ बिजनेस अफिसर (Chief Business Officer) र हेड मार्केटिङ एन्ड ब्रान्डिङ (Head Marketing & Branding) पदमा कर्मचारी मागेको हो।

दुवै पदका लागि न्यूनतम ५० प्रतिशत अंकसहित स्नातकोत्तर डिग्री आवश्यक छ। चिफ बिजनेस अफिसर पदमा कम्तीमा १० वर्षको अनुभव र ५ वर्ष व्यवस्थापन तहमा क्रेडिट वा व्यवसायसम्बन्धी क्षेत्रमा अनुभव हुनुपर्छ। हेड मार्केटिङ एन्ड ब्रान्डिङ पदका लागि १० वर्षको अनुभव र कम्तीमा ३ वर्ष अधिकृत तहमा मार्केटिङ तथा ब्रान्डिङको अनुभव आवश्यक छ।

इच्छुक उम्मेदवारले असार ३१ गतेभित्र बायोडाटा, कभर लेटर, नागरिकताको प्रतिलिपि र फोटोसहित आवेदन [email protected] मा वा करियर पोर्टल reliancenepal.com.np/careers मा बुझाउन सक्नेछन्।

531424e95175b31b0408952ba809e82dff4b7d0a 1 scaled https://bajarkochirfar.com/job-opening-at-reliance-finance-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स