instainsta

नाइमा एक्स्पोको प्रदर्शनीमा प्रोटोन इमास ७, यस्ता छन् अफरहरू

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २१ गते
नाइमा एक्स्पोको प्रदर्शनीमा प्रोटोन इमास ७, यस्ता छन् अफरहरू
AdvertisementAds

जगदम्बा मोटर्सले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा मलेसियन नम्बर १ इभी कार प्रोटोन इमास ७ को प्रदर्शनी गरिरहेको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले विद्युतीय सवारीको प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, इमास ७ मा विशेष अफरहरू पनि ल्याएको छ। यस गाडीमा ०% ब्याजदरमा ४ वर्षको फाइनान्सिङ (६० मिनेटमै ऋण स्वीकृति), ८ वर्षको अनलिमिटेड माइलेज ब्याट्री वारेन्टी, २.९९ लाख रुपैयाँको नगद छुट, पुरानो गाडीमा उच्च मूल्यांकन, निःशुल्क बीमा, रोडसाइड सहायता र ह्वाट्सएप ग्राहक सेवा उपलब्ध छन्।

जगदम्बा मोटर्सले हाल ३ वटा शोरूममार्फत सेवा दिइरहेको छ भने आगामी दिनमा १२ वटा शोरूम र सेवा केन्द्र विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीले विद्युतीय सवारीको सुदृढ सेवा प्रणाली निर्माण गर्न स्पेयर पार्ट्स, चार्जिङ स्टेशन, प्रशिक्षित प्राविधिकलगायत सेवा थप गर्दै आएको छ। प्रोटोन इमास ७ हेर्न ‘स्टल एल ५ – हल बी’ मा जान ग्राहकलाई निमन्त्रणा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स