प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको ७ लाख १० हजार रुपैयाँको तुलनामा ७९.५७ प्रतिशतले बढी हो।
कम्पनीले समीक्षावधिमा खुद बीमा शुल्क ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४७ लाख ३० हजार रुपैयाँको तुलनामा १०९८ प्रतिशतले बढी हो। यसै अवधिमा पुनर्बीमा खर्च १३ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो खर्च २ करोड ३१ लाख रुपैयाँ मात्र थियो।
कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ। विशेष जगेडा २३ लाख १९ हजार, महाविपत्ति कोषमा २ लाख ३१ हजार, सञ्चित नाफा ५ लाख ३३ हजार र अन्य इक्विटीमा १५ लाख ९१ हजार रुपैयाँ रहेको छ।
कम्पनीले २०८१ साल असोज २० गते नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनका लागि अनुमति माग गर्दै आवेदन दिएको छ। बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्नेछ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।














प्रतिकृया