साना किसान लघुवित्तको खुद नाफा र ब्याज आम्दानी दुवै घट्यो, खराब कर्जा २.९६ प्रतिशत पुग्यो

साना किसान लघुवित्तको खुद नाफा र ब्याज आम्दानी दुवै घट्यो, खराब कर्जा २.९६ प्रतिशत पुग्यो
Advertisement Ads

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा २५.३६ प्रतिशतले घटेर ६५ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

मुख्यतया संस्थाको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानीमा आएको भारी गिरावटको कारण नाफा घट्न पुगेको हो। इम्पेयरमेन्ट चार्ज रिभर्सल भएर संस्थालाई केही राहत मिलेता पनि मुख्य व्यावसायिक आम्दानी खुम्चिँदा खुद नाफा प्रभावित भएको देखिन्छ।

चौथो त्रैमाससम्ममा साना किसान विकास लघुवित्तको खुद ब्याज आम्दानी २९.०८ प्रतिशतले घटेर १ अर्ब २७ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी २९.६४ प्रतिशतले घटेर १ अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ। यता, सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज १० करोड ४१ लाख रुपैयाँबाट घटेर ३ करोड २६ लाख रुपैयाँ (रिभर्सल) मा आएको छ।

लघुवित्तको खराब कर्जा (NPL) अनुपात भने ०.३१ प्रतिशतबिन्दुले बढेर २.९६ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्नुले कर्जा असुलीमा केही दबाब सिर्जना भएको बुझ्न सकिन्छ। समीक्षा अवधिमा लघुवित्तले निक्षेप तथा सापटी गरी कुल २६ अर्ब ३८ करोड रुपैयाँ संकलन गरी ३५ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह ३.१८ प्रतिशतले बढेको छ।

लघुवित्तको चुक्ता पूँजी ४ अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ३३ करोड रुपैयाँ सञ्चित रहेको छ। वितरणयोग्य प्रतिसेयर आम्दानी पनि अघिल्लो वर्षको ४२.८८ रुपैयाँबाट घटेर ३३.४६ रुपैयाँमा झरेको छ।

 चुक्ता पूँजी बढेको र नाफा घटेको कारण लघुवित्तको प्रतिसेयर आम्दानी (EPS) ७.०३ रुपैयाँले घटेर १३.२६ रुपैयाँमा आएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २२१.७६ रुपैयाँ रहेको छ।

MICRO https://bajarkochirfar.com/both-net-profit-and-interest-income-of-small-farmers-microfinance-companies-decreased-bad-loans-reached-2-96-percent | %tags

SAPDBL https://bajarkochirfar.com/both-net-profit-and-interest-income-of-small-farmers-microfinance-companies-decreased-bad-loans-reached-2-96-percent | %tags
यो पनि पढ्नुहोस

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६.१८ प्रतिशत बढ्यो, खराब कर्जा घट्दा वित्तीय अवस्थामा सुधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स