लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तले गर्यो वार्षिक साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तले गर्यो वार्षिक साधारण सभा सम्पन्न
AdvertisementAds

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २४औँ वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ—जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश समावेश छ। संस्थाले सो वर्ष ८७ करोड ५० लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ।

लेखापरीक्षण अनुसार संस्थाको जारी तथा चुक्ता पुँजी ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ४१ अर्ब ५० करोड भन्दा बढी रहेको छ। प्रति सेयर आम्दानी २०.२९ रुपैयाँ, प्रति सेयर बुक नेटवर्थ २३९.३८ रुपैयाँ, कुल पुँजीमा प्रतिफल ८.४८ प्रतिशत रहेको छ।

सभामा अध्यक्ष पाठकले ग्रामीण साना किसानको जीवनस्तर सुधार र गरिबी निवारणमा संस्थाको प्रतिबद्धता दोहोर्याए। प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले युवा, महिला र गरिब किसानको आर्थिक सशक्तीकरणका कार्यक्रम निरन्तर सञ्चालन हुने बताए। संस्थाले हाल ७७ जिल्लाका ५४६ स्थानीय तहमा ९ लाख ४१ हजार साना किसान परिवारलाई सेवा पुर्याउदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स