मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर समायोजन भएको छ ।
एनएमबि बैंकको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य २४२.७६ रुपैयाँ कायम भएको छ। कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य २५४.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ७७१.९९ रुपैयाँ कायम भएको छ। कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ८८२ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।



प्रतिकृया