एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुवै कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यस अनुसार, पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरू मात्र सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
एनएमबि बैंकले पुस २४ गते, बिहीबार, काठमाडौँको त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा ३० औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पुस २५ गते, शुक्रबार, काठमाडौँको कार्की ब्यान्क्वेट, बबरमहलमा २४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ः१५ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया