एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार मूल्य ४६१ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो।
उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४३९.०५ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया