instainsta

अप्पर लोहोरे खोला हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १२ गते
अप्पर लोहोरे खोला हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
AdvertisementAds

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउँदै निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१.५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ। हाल कम्पनीको चुक्ता पूँजी ५० लाख ९८ हजार ४० कित्ता सेयर बराबर रहेको छ। प्रस्तावित हकप्रद निष्काशनबाट कम्पनीले कुल ५० करोड ९८ लाख ४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

यस सम्बन्धमा कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भइसकेको छ। सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स