instainsta

अप्पर लोहोरे खोला हाइड्रोपावरको २८ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २६ गते
अप्पर लोहोरे खोला हाइड्रोपावरको २८ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदै
AdvertisementAds

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ४६ हजार ५२५ कित्ता सेयरको लकइन अवधि आगामी साउन २८ गते समाप्त हुने भएको छ। कम्पनीले सूचना जारी गर्दै उक्त मितिबाट लकइन अवधि सकिने जानकारी दिएको हो।

लकइन अवधि सकिन लागेका सेयरमध्ये संस्थापक समूहको २६ लाख कित्ता, आयोजना प्रभावित स्थानीयको २ लाख ६ हजार ७६० कित्ता र कम्पनीका कर्मचारीको ३९ हजार ७६५ कित्ता सेयर रहेका छन्। कम्पनीका अनुसार यो संख्या बोनस सेयरसमेत समावेश गरिएको हो।

प्रचलित व्यवस्थाअनुसार कुनै पनि कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड भएको मितिदेखि तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कम्पनीको उक्त सेयरको लकइन अवधि सकिन लागेको हो।

यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमानुसार सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स