अप्पर लोहोरे खोला हाइड्रोपावरका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने, कसले कति कित्ता ?

अप्पर लोहोरे खोला हाइड्रोपावरका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने, कसले कति कित्ता ?
Advertisement Ads

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत सेयरधनीले आफूसँग रहेको सेयर बिक्री गर्ने भएका छन्। कम्पनीले आधारभूत सेयरधनीबाट प्राप्त सेयर बिक्रीसम्बन्धी मनसायको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो।

नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूसँग रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कम्पनीका आधारभूत सेयरधनीले आगामी ३ महिनाभित्र सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका हुन्।

कम्पनीका अनुसार वृन्दावन मान प्रधानाङ्गले आफूसँग रहेको ९३ हजार ५०० कित्ता सेयर बिक्री गर्न चाहेका छन्। त्यस्तै, पवन प्याक्रेलले १ लाख कित्ता सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन्।

यसरी दुवै आधारभूत सेयरधनीले कुल १ लाख ९३ हजार ५०० कित्ता सेयर बिक्री गर्न चाहेका छन्। दुवै सेयरधनीको निवेदन २०८३ भदौ ३० गते कम्पनीमा प्राप्त भएको हो।

Screenshot 23 9 2026 113523 www.nepalstock.com https://bajarkochirfar.com/two-fundamental-shareholders-of-upper-lohore-khola-hydropower-will-sell-shares-how-many-shares-will-each-sell | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स