पाथीभरा केवलकार विवाद: ग्लोबल आईएमई बैंकमाथिको आक्रमण गलत: राष्ट्र बैंकका निर्देशक पौडेल

पाथीभरा केवलकार विवाद: ग्लोबल आईएमई बैंकमाथिको आक्रमण गलत: राष्ट्र बैंकका निर्देशक पौडेल
Advertisement Ads

पाथीभरा केवलकार निर्माण विवादलाई लिएर ग्लोबल आईएमई बैंकमाथि भएको आक्रमणको विरोध गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले यसलाई गलत भएको बताएका छन्।

पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “पाथीभरा केवलकार परियोजनासम्बन्धी विषयमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक ग्लोबल आईएमईमाथि गरिएको प्रहार गलत छ। कसैको उक्साहटमा उच्छृङ्खल गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दछु।”

केवलकार परियोजना पछिल्ला केही सातायता विवादमा परेको छ। स्थानीय बासिन्दाले काम अवरुद्ध गर्नुका साथै सामाजिक सञ्जालमा बैंक र चन्द्रप्रसाद ढकाललाई जोडेर आक्रमण गर्न खोजिएको आरोप छ।

सामाजिक सञ्जालमा “ग्लोबल आईएमई बैंक डुब्ने” र “निक्षेपकर्ताले रकम निकालिरहेका छन्” भन्ने भ्रामक सूचना फैलाइएको छ। केही समूहले “ग्लोबल आईएमई बैंकमा खाता बन्द गरौं” भन्ने अभियानसमेत चलाएको बताइएको छ।

बैंक तथा वित्तीय क्षेत्रका सरोकारवालाहरूले जुनसुकै बहानामा पनि बैंकमाथि प्रहार गर्न नहुने धारणा व्यक्त गरेका छन्।

download 7 https://bajarkochirfar.com/pathibhara-cable-car-controversy-attack-on-global-ime-bank-wrong-nrb-director-poudel | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स