ग्लोबल आइएमई बैंक लिमिटेडले साधारणसभा गरेको भोलिपल्ट नै आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले हिजो कार्तिक २६ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट पारित गरेको ८ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीहरूको बैंक खातामा जम्मा गरिदिएको हो ।
सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साथै, सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू पारित भएका थिए।





















प्रतिकृया