ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा आज कात्तिक २६ गते (बुधबार) बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ।
सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू पारित गरिनेछ।
त्यससँगै बैंकका सहायक कम्पनीहरू ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, र ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडका वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि पारित गरिनेछ। साथै, चालू आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
बैंकको प्रबन्धपत्र/नियमावलीमा व्यवसायिक उद्देश्य थप वा संशोधन गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ। साथै, नियामक निकायहरूले आवश्यक सुझाव वा संशोधनका निर्देशन दिएमा त्यसअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
यसअघि, साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज गरेको थियो। त्यसैले कात्तिक १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नाम दर्ता भएका शेयरधनीहरू मात्र यस सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।











![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया