अब विद्यार्थीहरूको रजिस्ट्रेशन फारम कक्षा ९ मा मात्र भरे पुग्ने, शुल्क पनि हटाइयो

अब विद्यार्थीहरूको रजिस्ट्रेशन फारम कक्षा ९ मा मात्र भरे पुग्ने, शुल्क पनि हटाइयो

राष्ट्रिय परीक्षा बोर्डले अबदेखि कक्षा ९ मा मात्र विद्यार्थीहरूको रजिस्ट्रेशन फारम भर्ने र आगामी वर्षदेखि यसका लागि शुल्क नउठाउने निर्णय गरेको छ। यसअघि कक्षा ९ र ११ दुवै तहमा रजिस्ट्रेशन फारम भर्ने र शुल्क उठाउने प्रचलन थियो।

अब रजिस्ट्रेशन कक्षा ९ मै सीमित रहनेछ।११ कक्षामा रजिस्ट्रेशन नगर्ने निर्णय गरिएको छ। साथै, राजस्व मिनाहा गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरिनेछ।’ तर, यो वर्ष भने प्रक्रिया अघि बढिसकेकाले रजिस्ट्रेशन शुल्क उठाइने छ। पौडेलका अनुसार, ‘समय अभावका कारण यो वर्ष लागू गर्न नसकिए पनि अर्को वर्षबाट शुल्क पूर्ण रूपमा हटाइनेछ।’

शिक्षामन्त्री विद्या भट्टराईले यो वर्ष नै रजिस्ट्रेशन शुल्क निःशुल्क गर्न निर्देशन दिएकी थिइन्। तर, प्रक्रिया अगाडि बढिसकेकाले यस वर्ष सम्भव नभएको बोर्डले स्पष्ट गरेको छ। मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न शुल्क नउठाउनुपर्ने आवश्यकता औंल्याउँदै आएकी छन्।

यस वर्ष कक्षा ९ मा करिब ५ लाख विद्यार्थीले रजिस्ट्रेशन फारम भर्ने अपेक्षा गरिएको छ। बोर्डका अनुसार, कक्षा ९ को रजिस्ट्रेशनबाट वार्षिक रूपमा करिब ५० करोड राजस्व संकलन हुँदै आएको छ। अब केही दिनभित्र परीक्षा नियन्त्रण कार्यालयले रजिस्ट्रेशन फारम खुला गर्ने तयारी गरिरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स