SHAREHUBSHAREHUB

आईपीओ निष्काशन गर्दै नोबेल कलेज, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

AdvertisementAds
आईपीओ निष्काशन गर्दै नोबेल कलेज, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ
AdvertisementAds

काठमाडौंस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड लाई नियुक्त गरेको छ।

कम्पनीको हालको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ। यसमध्ये करिब २८.५७ प्रतिशत सेयर आईपीओमार्फत सर्वसाधारणलाई उपलब्ध गराइनेछ भने बाँकी ७१.४३ प्रतिशत सेयर संस्थापक समूहसँग कायम रहनेछ।

नोबेल कलेज ‘फ्रन्टलाइन’ ब्राण्ड अन्तर्गत काठमाडौँको पुरानो बानेश्वरमा सञ्चालनमा रहेको छ। हाल अस्पतालको क्षमता १०० शैया रहेको छ र यसले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको दाबी कम्पनीको छ।

सेवा विस्तारको योजनाअन्तर्गत कम्पनीले २०० शैया क्षमताको नयाँ अस्पताल निर्माण गरिरहेको छ। उक्त अस्पताल जनरल तथा क्यान्सर उपचारलाई लक्षित गरी निर्माण गरिने कम्पनीले जनाएको छ। कम्पनीका अध्यक्ष नवराज पाण्डे का अनुसार अस्पताल विस्तारका लागि आवश्यक थप पूँजी जुटाउन आईपीओ निष्काशन गर्ने निर्णय गरिएको हो।

चिकित्सा सेवासँगै नोबेल कलेजले नर्सिङ र फार्मेसी लगायतका स्नातक तहका शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

AdvertisementAds

आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा सोमबार नोबेल कलेजको तर्फबाट अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी ले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स